Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो–सिगा केनको यासु शहरस्थित जेआर निसिनिहोनको वेस स्टेशनमा रोकि राखेको ट्रेनमा अज्ञात व्यक्तिले भित्तेचित्र कोरेको भेटिएको छ ।

प्रहरीका अनुसार विहान ४ बजे रेल सन्चालनमा ल्याउनु अगाडि चेकजाँच गर्दा ड्राईभरले यसप्रकारको भित्तेचित्र देखेका थिए । १२ वट्टाको दुईवटा ट्रेनको ४ ठाउँमा स्क्रेच कोरिएको छ । स्प्रे छरेर बनाइएको जस्तो देखिने स्क्रेच अंग्रेजी अक्षरमा लेखिएको थियो ।बेलुकी पार्किङ गर्ने बेलामा चेकजाँच गर्दा त्यस्तो केही नभेटिएको तर विहान ४ बजे स्क्रेच भेटिनुले एक डेढ घण्टाको समयमा लेखिएको अनुमान गरिएको छ ।

हिजो मात्रै कोवे स्थित मेइतानी स्टेशनको मेट्रो रेलमा पनि यस्तैप्रकारको घटना घटेको थियो । यस सम्बन्धमा थप छानविन भईरहेको जापान प्रहरीले जनाएको छ । यसप्रकारको कार्यमा संलग्न व्यक्तिलाई सार्वजनिक सम्पती नष्ट गरेको अभियोगमा कारवाही गरिने बताइएको छ ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स:

तपाईको प्रतिक्रिया