Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – एसियाली विकास बैंक (एडिबी) को ५०औं बैठकमा भाग लिन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा शुक्रबार जापान आईपुगेका छन ।

उपप्रधानमन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डललाई हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले स्वागत गरेका थिए। प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, सोही मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्याललगायत छन ।

उपप्रधानमन्त्री महरा आजै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशका अर्थमन्त्रीहरुको बैठकमा सहभागी हुने कार्यक्रम छ ।उक्त बैठकमा भाग लिन सार्कका महासचिव अमजद हुसेन बी सियाललगायत सार्क सचिवालयका उच्च पदाधिकारी पनि योकोहामा आईपुगेका छन ।

यसैबीच एडिबीका उच्च अधिकारीहरुको गएराति सम्पन्न बैठकमा नेपाललाई आगामी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुकका रुपमा स्तरोन्नति गर्न एडिबीलगायत विकासका अन्य साझेदारले सहयोगको मात्रा बढाउनुपर्नेमा जोड दिईएको छ ।एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकासमा सघाउने उद्देश्यले ५० वर्ष अघि स्थापना भएको एडिबी बहुपक्षीय क्षेत्रीय बैंक हो । नेपाल एडिबीको संस्थापक सदस्य देश हो ।

तपाईको प्रतिक्रिया