Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट लक्की ड्र मा पर्ने ३० जनाले १२ पटक सम्म फ्री मा नेपाल पैसा पठाउन पाउने भएका छन् ।
टोकियोमा हालै सम्पन्न धुर्मुस–सुन्तली साँझ २०१७ मा मुख्य प्रायोजकका रुपमा रहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट उनीहरु लक्की ड्र मा परेका हुन् ।
साथै, लक्की ड्र मार्फत सिटी ट्राभल एण्ड सिटी रेमीटको तर्फबाट रमेश केसी ले नेपाल जाने आउने दुइतर्फी हवाई टिकट जितेका छन् । कार्यक्रममा नै गरिएको लक्की ड्र बाट बिजेता बनेका केसीलाई सिताराम कट्टेल ‘धुर्मुस्’, सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ तथा सिटी ट्राभलका म्यानेजर दिनेश केसीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

विजेता सबैलाई सिटी एक्सप्रेस ग्रुपले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सो कार्यक्रमको टिकट लिएर आउने सबैले १ पटक फ्री मा नेपाल पैसा पठाउन सक्ने समेत बजार प्रतिनिधि पसुपती भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया