Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – गल्कोट स्पोर्टस क्लब जापानकाे तेस्रो मैत्रीपूर्ण भलिवल प्रतियोगिता हालै सम्पन्न भएको छ ।

तोडा सिटी स्पोर्टस सेन्टर तोडा साइतामामा भएको खेलमा दिपसन फुड्स प्रा.लि.ले प्रथम स्थान हासिल गरेकाे छ । त्यसैगरी सोलमारी नेपाली रेष्टुरेन्ट द्वीतिया र स्याङजा समाज जापानले तृतीय स्थान हासिल गरेका छन् ।

प्रथम हुनेले २ लाख ५० हजार येन नगद, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । त्यसैगरी द्वीतिय हुनेले १ लाख ५० हजार येन नगद, मेडल, प्रमाणपत्र र तृतीय हुनेले ७० हजार येन नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलमा उत्कृष्ट खेलाडीहरू स्याङ्जा समाज जापानका दिपक थापा मगर, अनुशासित खेलाडी गल्कोट समाज जापानका महेन्द्र साहनी, वेस्ट सटरमा दिपशन फुड्सका कृष्ण बम मल्ल र म्यान अफ द सिरिजमा दिपशन फुड्सकै राजा खत्री घोषित भएका छन् ।

मुख्य प्रायोजक गल्कोट समाज जापान र सह प्रायोजक सुमेघ ट्राभल्स (काठमाडौं), शिव कर्पोरेशन  (प्रकाश पौडेल), काठमाडौं ड्राइभिङ स्कुल जापानकाे रहेकाे थियाे ।

खेलमा १५ टिमको सहभागिता रहेको थियो । कार्यक्रम दुइ चरणमा गरिएकाे थियाे । उद्घाटन समारोहकाे सभापति प्रतियोगिताका संयोजक रत्नसिंह बस्नेत रहनु भएकाे थियाे ।

दाेस्रो चरणकाे समापन समारोहकाे सभापतित्व भने गिरी प्रसाद शेरचनकाे रहेकाे थियाे ।  कार्यक्रममा प्रमुख अतिथि गल्काेट समाजका अध्यक्ष नर बहादुर थापा, विशेष अतिथि सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ रहनुभएको थियो ।

कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनलाई समेत सम्मान गरिएको थियो ।  सोही अवसरमा धुर्मुस – सुन्तली फाउण्डेशनलाई गल्कोट स्पोर्टस क्लब र गल्कोट समाज जापानले संयुक्त रुपमा १ लाख ३० हजार  येन हस्तान्तरण गरिएको थियो ।***

तपाईको प्रतिक्रिया