Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इटालियन सिरी ए क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च लिग वान क्लब मोनाकोलाई २–० ले हराउँदै युभेन्टसले फाइनल यात्रा बलियो बनाएको हो ।

अवे मैदानमा भएको खेलमा युभेन्टसलार्य जिताउन दुवै गोल गोन्जालो हेगुइनले गरे । यसअघि च्याम्पियन्स लिगको नकआउट चरण अन्तर्गत पछिल्ला सात खेलमा गोल गर्न नसकेका हेगुइनले मोनाकोसँगको खेलमा दुई गोल गर्दै युभेन्टसलाई बलियो अवस्थामा पुर्‍याए ।

२९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै हेगुइनले युभेन्टसलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको युभेन्टसका लागि ५९ औं मिनेटमा हेगुइनले व्यक्तिगत दोस्रो गोल गर्दै २–० को जित दिलाए ।

मोनाकोका लागि राडामेल फालकाओले गोल गर्ने सुन्दर मौका बनाएका थिए । तर उनी त्यसमा सफल हुन सकेनन् । यो जितसँगै युभेन्टस च्याम्पियन्स लिगको इतिहासमा तीन पटक सेमिफाइनलमा पुगेकोमा दोस्रो पटक फाइनल खेल्ने सम्भावना बलियो भएको छ ।

रियल मड्रिडले पहिलो लेगमा एथ्लेटिको मड्रिडलाई हराएकाले फाइनलमा रियल र युभेन्टसबिच भेट हुने सम्भावना छ । यसअघि यी दुई टोलीबिच सन् १९९८ मा फाइनलमा भेट भएको थियो । त्यसबेला रियलले युभेन्टसलाई १–० ले हराएको थियो । दोस्रो लेग आउँदो हप्ता युभेन्टसको मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया