Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा राइजिङ पुणे सुरपुजाइन्ट्स विजयी भएको छ ।

इडेन गाडेन्समा भएको खेलमा पुणेले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको हो । कोलकाताले प्रस्तुत गरेको एक सय ५६  रनको लक्ष्य पुणेले चार बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टायो ।

पुणेको जितमा राहुल त्रिपाठीले ९३ रन बनाए । यस्तै बेन स्टोक्सले १४ तथा अजिन्क्या राहनेले ११ रन बनाए ।  क्रिस वोक्सले ३ विकेट लिएपनि कोलकातालाई जिताउन भने सकेनन् ।

घरेलु मैदान इडन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रन बनाएयो । कोलकाताका लागि मनिष पाण्डेले ३७ र कोलिन डी ग्रान्डोम्मेले ३६ रन बनाएका बनाए ।

जितसँगै पुने अंकतालिकाको तेश्रो स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट १४ अंक भएको छ । दोस्रो स्थानको कोलकाताको पनि ११ खेलबाट १४ अंक नै छ ।

तपाईको प्रतिक्रिया