Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा बैशाख २१ देखि २४ सम्म आयोजना हुने एशियाली विकास बैंक (एडीवी) को ५० औं बैठकमा भाग लिन जापान आउने भएका छन् । जापानको योकोहामामा हुन लागेको एडीवीको वोर्ड अफ गभर्नर्सको ५० औं बार्षिक बैठकमा भाग लिन उपप्रधानमन्त्री महरा पाँच सदस्यीय प्रतिनिधिमण्डलका साथ जापान आउने भएका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराको निजी सचिवालयका अनुसार बैठकमा बैंकको बित्तिय एवं लेखापरीक्षण प्रतिवेदन, बार्षिक प्रतिवेदन, खुद आयको बाँडफाँट, बजेट र स्रोतको विवरण, बैंकको नीति नियममा पुनरावलोकन जस्ता विषयहरुमा छलफल हुने कार्यक्रम छ । बैठकमा अर्थमन्त्री महराले नेपाल सरकारका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । एडीवीको संस्थापक सदस्य समेत रहेको नेपालले यसअघिका बैठकहरुमा पनि निरन्तर भाग लिदै आएको छ ।

प्रतिनिधिमण्डलमा अर्थसचिव शान्तराज सुवेदी, अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव बैकुण्ठ अर्याल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव सूर्य पोखरेल र अर्थमन्त्रीका स्वकिय सचिव राहुल महरा रहेका छन् । प्रतिनिधिमण्डल वैशाख २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

अर्थमन्त्री महराको छोटो जापान भ्रमणमा क्रममा नेकपा माओबादी केन्द्रको जापानस्थित भात्तृसंगठन नेपाली जनप्रगतिशील मञ्चले भेटघाट तथा मुलुकको पछिल्लो राजनैतिक परिस्थतिका बारेमा जानकारी लिन एक कार्यक्रमको आयोजना गर्ने बुझिएको छ । ***

तपाईको प्रतिक्रिया