Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

कैलाली – देशकै सर्वाधिक धनराशीको रोस्लान अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता भोलीबाट सुरुहुने भएको छ । युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने भएका छन् ।

पहिलो पटक हुन लागेको ठुलो धनराशिाको महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको आयोजक क्लवका अध्यक्ष रवि खनालले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागि हुन सबै टोली अत्तरीयामा पुगिसकेका छन् । दुई समुहमा विभाजन गरी खेलाईने प्रतियोगिताको समुह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ । समुह ‘बी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन्

प्रतियोगिताको उद्घाटन खेल विभागीय टोली एपिएफ र मिलन क्रिकेट एकेडेमी झापाबीच हुने आयोजकले जनाएको छ । करिव २५ लाख रुपैयाँ खर्च हुने टि २० को विजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उप विजेताले १ लाख हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ , वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया