Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानको दुुग्ध उत्पादक कम्पनी मेइजीद्वारा उत्पादित हुने चिज तथा वटरको मूल्यवृद्धि हुने भएको छ । करीव दुुई वर्षमा यसपटक फेरि मूल्य वृद्धि भएको हो । यूकीजुरुसी मेगुु मिल्क कम्पनीद्वारा उत्पादित १२ थरीका वटर तथा चिजजन्य वस्तुहरुमा एक दशमलव एक प्रतिशतदेखि १५ दशमलव २ प्रतिशतको दरले मूल्य वृद्धि भएको छ । विशेष गरी चिज तथा वटर अत्याधिक प्रयोग भई तयार गरिने खानाहरुमा पनि यसको असर देखिएको छ ।

त्यसैगरी दैनिक उपभोग्य वस्तुुहरु टिस्यू पेपर, टवाइलेट पेपर लगायतका सामानमा पनि १० प्रतिशत बढीले मूल्य वृद्धि भएको छ । अर्कोतिर टायर उत्पादक कम्पनीले पनि टायरको मूल्यमा वृद्धि गरेको समाचार छ ।

त्यसो त मोवाइल प्रदायक कम्पनी एनटिटि डोकोमोले भने यसै महिनादेखि टेलिफोन शुल्कमा मूूल्य घटाएको छ । कम्पनीले यसै महिनाको २५ तारिकदेखि ९८० येनको नयाँ पारिवारिक स्कीम शुरु गर्न लागेको हो । जसमा परिवारको सदस्यहरुको नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन ।

अर्कातिर विजुली, ग्याँस र सामाजिक इन्स्यूरेन्सको मूल्यमा भएको वृद्धिबाट ग्राहकहरुमा पर्न गएको आर्थिक भार कम गर्न भन्दै फ्यामेली मार्टले पनि स्याम्पु लगायतका २५ सामानहरुमा ५ प्रतिशतका दरले मूल्य घटाउने निर्णय गरेको छ ।

जापानमा कुनै पनि सामानको मूल्यमा घटबढ हुनु अगावै विभिन्न माध्यमबाट ग्राहकलाई सु–सूचित गर्ने गरिन्छ ।
हेर्नुहोस् समुद्रपारि हाइलाइट्स:

तपाईको प्रतिक्रिया