Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको  खेलमा राइजिङ पुणे सुपर जाइन्टस् विजयी भएको छ । पुणेमा भएको खेलमा पुणेले गुजरात लायन्सलार्य पाँच विकेटले हराएको हो ।

गुराजतले प्रस्तुत गरेको एक सय ६२ रनको लक्ष्य पुणेले एक बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टायो । पुणेका लागि बेन स्टोक्सले शतकीय पारी खेले । स्टोक्सले ६३ बलमा ७ चौका र ६ छक्काको मद्दतमा नटआउट एक सय तीन रन बनाए ।

यस्तै महेन्द्र सिंह धोनीले २५ रनको योगदान दिए । गुजरातका प्रदिप सङवान र बासिल थाम्पीले दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर एक सय ६१ रन बनायो ।

उसका लागि ब्रेण्डम क्याकुलमले ४५, इशान किशनले ३१, दीनेश कार्तिकले २९ तथा रविन्द्र जडेडाले १९ रनको योगदान दिएपनि हार टार्न सकेनन् ।

१० खेलमा छैटौं जित दर्ता गरेको पुणे १२ अंकसहित चौथो स्थानमा छ । यस्तै १० खेलमा तीन खेल मात्रै जितेको गुजरात ६ अंकसहित छैटौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया