Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानले सेनाको भुमिका बढाउँदै विवादास्पद कानुन पारित गरेयता पहिलो पटक अहिलेसम्मकै ठुलो युद्धपोत समुन्द्रमा तैनाथ गरेको छ । इजुमो नाम दिइएको सो युद्धपोतले जापानी समुद्रमा रहेका अमेरिकी जहाजलाई सुरक्षा दिने बताइएको छ ।

२ सय ४९ मिटर लामो सो युद्धपोतले ९ वटासम्म हेलिकप्टर बोक्न सक्ने जापानी अधिकारीहरुले बताएका छन् । कोरियाली प्रायद्धिपमा तैनाथ अमेरिकी युद्धपोत र पनडुब्बीलाई उत्तर कोरियाले डुबाईदिने धम्की दिएपछि बढ्दो तनावकाबीच जापानले सो युद्धपोत तैनाथ गरेको बीबीसीले उल्लेख गरेको छ ।

सो युद्धपोतले पश्चिमी शिकोकु सामुन्द्रिक क्षेत्रमा रहेर अमेरिकासँग सहकार्य गर्नेछ । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानी सेनालाई आधुनिक तथा शक्तिशाली सेनाको रुपमा विकसित गर्न नयाँ कानुन बनाउने प्रयासमा लागिरहेको बीबीसीले उल्लेख गरेको छ ।

दोस्रो विश्व युद्धपछि जापानले आत्मरक्षाका लागि मात्र शक्तिको प्रयोग गर्ने नियम लागु गरेको थियो । जापानले सन् २०१५ मा ल्याएको नयाँ कानुन अन्र्तगत इजुमो युद्धपोतलाई सामुहिक आत्मरक्षाका लागि प्रयोग गर्न लागेको बताएको छ ।

तपाईको प्रतिक्रिया