Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । वानखडेमा भएको खेलमा मुम्बईले दिल्ली डेयरडेभिल्सलाई १४ रनले हराएको हो ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि क्रिस मोरिसले नटआउट ५३ र कागिसो राबडाले ४४ रनको योगदान गरेपनि टिमलाई जिताउन भने सकेनन् ।

मध्यम लक्ष्य भएपनि दिल्लीका ब्याट्स्म्यानले खराब प्रदर्शन गरेका थिए । २४ रन जोड्दा ६ विकेट गुमाएको अवस्थाबाट राबडा र मोरिसले दिल्लीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए ।

उनीहरुले सातौं विकेटका लागि ९१ रनको साझेदारी गरे । यसअघि पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनायो ।

उसका लागि जोस बट्टलरले २८, किरोन पोलार्डले २६ तथा हार्दिक पाण्डेयले २४ रन बनाए । सात खेलमा ६ खेल जितेको मुम्बई १२ अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा दुई खेल मात्रै जितेको दिल्ली चार अंकसहित पाँचौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया