Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा धनगढी टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार धनगढीले दोस्रो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्ससँग खेल्नेछ ।

काठमाडौंले दिएको १ सय २४ रनको लक्ष्य धनगढीले ४ विकेट जाँदा १० बल बाँकी छँदै भेट्टाएको हो । बुधबार भएको पहिलो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

धनगढीका राजु रिजालले ५ बलमा ५ रन, अनिल मण्डलले ४९ बलमा ४४ रन, पृथु बास्कोटाले २३ बलमा २२ रन, पारस खड्काले २० बलमा १२ रन साथै आरिफ शेखले ११ बलमा अविजित २२ रन बनाए । काठमाडौंका सन्तोष भट्टले दुई साथै मञ्जित श्रेष्ठले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट जाँदा १ सय २३ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले ३८ बलमा २९ रन, सुभेन्दु पाण्डेले १८ बलमा ११ रन, सुमित महर्जनले ३० बलमा ३१ रन, रोहित कुमारले २९ बलमा अविजित ३१ रन बनाए । धनगढीका ललित राजवंशी र अमर रौतेलाले दुई दुई साथै रामनरेश गिरी र सौरभ खनालले एक एक विकेट लिएका थिए ।

यसअघि बुधबार भएको पहिलो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । विराटनगर किंग्स्ले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट जाँदा ९९ रन मात्रै बनाएको थियो ।

तपाईको प्रतिक्रिया