Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले कञ्चनपुर आइकोनिकलाई २४ रनले हराएको छ । १ सय ४८ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित २० ओभरमा ९ विकेट जाँदा १ सय २३ रन मात्र बनाउन सक्यो।

कञ्चनपुरका लागि सागर पुनले ४१ बलमा ४० रन, सुनिल धमलाले १२ बलमा १४ रन, हसिम अन्सारीले २० बलमा १८ रन बनाए । काठमाडौंका बसन्त रेग्मी र सन्तोष भट्टले दुई दुई साथै मञ्जित श्रेष्ठ, सोमपाल कामी र सन्दिप झोराले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ४७ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले ९ बलमा १० रन, सुभेन्दु पाण्डेले २६ बलमा १९ रन, बसन्त रेग्मीले २४ बलमा १४ रन, सुमित महर्जनले ८ बलमा ९ रन, मञ्जित श्रेष्ठले २१ बलमा १६ रन, भुवन कार्कीले १४ बलमा अविजित ३६ रन साथै सन्दिप झोराले ५ बलमा अविजित १३ रन बनाएका थिए ।

कञ्चनपुरका अभिनाश कर्णले तीन साथै कमल सिंह, कुशल भुर्तेल, सुनिल धमला र सोनु तामाङले एक एक विकेट लिएका थिए ।

मंगलबार नै भएको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी टिम्स चौरहालाई २३ रनले हराएको हो । जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको धनगढी टिम्स चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो ।

 

तपाईको प्रतिक्रिया