Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी टिम्स चौरहालाई २३ रनले हराएको ।

जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको धनगढी टिम्स चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । धनगढीका अमर रौटेलाले २६ तथा अनिल मण्डलले २४ रन बनाए । राजु रिजाल १३ रनमा आउट भए । पारस खड्काले २ तथा आरिफ शेखले एक रन मात्र बनाउन सके ।

यसअघि टस हारेर पहिला ब्याटिङको अवसर पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४६ रन बनाए । अनिल शाहले २८, प्रनित थापा मगरले २१,  अमित श्रेष्ठले १९ तथा आशिफ शेखले १० रन बनाए ।

तपाईको प्रतिक्रिया