Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आज (आइतबार) देखि सुरु हुँदैछ ।

क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल एघारले आयोजकको टोली धनगढी ११ सँग च्यारिटी खेल खेल्नेछ ।

यो खेलबाट उठेको पैसा धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरु भने सोमबारदेखि हुनेछन् । सोमबार हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स् भिड्नेछन् ।

सोमबार नैं शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स् र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक आमनेसामने हुने छन् प्रतियोगितामा यी चार टोलीसँगै शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स् र पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी पनि सहभागि छन् ।

ट्वेन्टी ट्वेन्टी ढाँचामा सञ्चालन हुने प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख ४ गते सकिनेछ भने त्यसपछि प्ले अफका खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ ।

तपाईको प्रतिक्रिया