Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात लायन्स माथि उत्कृष्ट जित हात पारको छ । हिजो राती भएको खेलमा कोलकाताले गुजरात लायन्सलाई १० विकेटले पराजित गर्यो ।

खेलमा पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन बनायो । गुजरातका लागि सुरेश रैनाले अविजित ६८ रन जोड्दा दिनेश कार्तीकले ४७ रनको योगदान दिए । जवाफमा १ सय ८४ रनको लक्ष्य कोलकाताले १४ ओभर ५ बलमा बिना कुनै विकेटको नोक्सानीमा पुरा गर्यो ।

कोलकातालाई जिताउन सुरुवाती व्याट्सम्यानहरु क्रिश लिनले अविजित ९३ रन तथा गौतम गम्भिरले अविजित ७६ रनको योगदान दिए । आइपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् ।

आजको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जाव र राईजीङ पुने सुपरजाईन्ट्स भिड्दा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया