Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – अन्तर्रा्ष्ट्रिय खेलकुदमा डोपिङको समस्या बढ्दै गएको एक अध्ययनले देखाएको छ ।पछिल्लो तथ्यांक अनुसार सन् २०१५ मा विश्वका १९ सय २९ खेलाडी डोपिङ परीक्षणमा असफल भएपछि कारावहीमा परेका छन् ।

अघिल्लो वर्ष यो संख्या १६ सय ९३ रहेको थियो । विश्व एण्टी डोपिङ एजेन्सी वाडाका अनुसार दुई वर्षको अवधिमा डोपिङमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढेको छ । सन् २०१६ को प्रतिवेदन आउँदा यो संख्या झनै बढ्ने अनुमान गरिएको छ ।

डोपिङ परीक्षणको निरन्तरता, नयाँ प्रविधि, गोप्य छानविन जस्ता कारणले डोपिङ परीक्षण ब्यापक बन्दै गएको छ ।यसैबीच अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटीले सन् २००८ को बेईजीङ ओलम्पिक र २०१२ को लण्डन ओलम्पिकमा सहभागि तथा विजेता खेलाडीको पुनः डोपिङ परीक्षण गर्ने भएको छ ।

ओलम्पिकमा सहभागि खलाडीले ब्यापक मात्रामा प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको प्रमाणहरु फेला पर्न थालेपछि आईओसीले फेरि केही खेलाडीको परीक्षण गर्न लागेको हो । यसका लागि झण्डै सय जना खेलाडीको नमूना संकलन गरिसकेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया