Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सर्लाहीको बागमतीमा जारी राजश्री जनक कप फूटबलमा उपाधीका लागि आज मनाङ मस्र्याङ्दी क्लब र नेपाल आर्मीबीच प्रतिष्पर्धा हुँदैछ ।

सेमी फाइनलमा मनाङले हिमालयन शेर्पा र आर्मीले एपिएफलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । यी दुई बीचको खेल दिउँसो ३ बजेपछि बागमती खेल मैदान कर्मैयामा सूरु हुने छ ।

प्रतियोगिताको बिजेताले ४ लाख र उपबिजेताले २ लाख पुरस्कार हात पार्नेछन् । बागमती युवा क्लब कर्मैयाको आयोजनामा भएको प्रतियोगितामा ए डिभिजनका ८ वटा क्लबले सहभागिता जनाएका थिए ।

प्रतियोगिता अन्तर्गत आज हुने फाइनल खेलको सम्पूर्ण तयारी पुरा भएको क्लबका सचिव किस्मत मैनालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया