Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इंग्लिश फुटबल क्लव म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । गएराति भएको प्रि–क्वाटरफाईनल दोस्रो लेगको खेलमा रुसको एफसी रोस्तोभलाई १–० ले हराउँदै म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा पुगेको हो ।

गएरातिको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटाले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि रुसमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

युरोपा लिग अन्तर्गत गएराति भएका अन्य खेलमा विजयी हुँदै नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम, स्पेनको सेल्टा भिगो, फ्रान्सको लियों, जर्मनीको शाल्का, टर्कीको बेसीक्टास र बेल्जीयमका एन्डरलेच्त र गेन्ट पनि क्वाटरफाईनलमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया