Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि नेपाली टोली छनौट गरिएको छ । आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लको छनौट समितिले प्रतियोगिताका लागि चार बैकल्पिकसहित १९ सदस्यीय नेपाली टोलीको छनौट गरेका हुन् ।

स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् ।

शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो । इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् ।

तपाईको प्रतिक्रिया