शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – काठमाडौंको सुन्धारास्थित सिटिसी मल मुलुककै ठूलो मोबाइल हबका रुपमा सञ्चालनमा आउने भएको छ । होलीको रमझम सकिए लगतै मंगलबार विशेष कार्यक्रम गरी मोबाइल बजार सुरु गर्न लागिएको सिटिसी मोबाइल बजार ब्यबसायी समुहका अध्यक्ष जीवन सुन्दर बन्जारले जानकारी दिनुभयो ।

नयाँ अवधारणा सहित ग्राहकका समस्या र सुबिधालाई ध्यानमा राखेर सम्पूर्ण सुविधा सहितको मोबाइल बजार सुरु गर्न लागिएको अध्यक्ष बन्जाराले बताउनुभयो । सामसुंग, हुव्वेई, जिओनी, एम.आई, लावा, माइक्रोम्याक्स, केन्ट, टचकन लगायत गरि करिब २ दर्जन भन्दा बढी सर्भिस सेन्टर रहेको सिटिसी मोबाईल बजारमा विश्वका सबै ब्राण्डका मोबाइल, तथा मोबाइलका लागि चाहिने सबै किसिमका एसोसरिजहरु सुपथ मुल्यमा उपलब्ध गराइने बताइएको छ ।

 

सी टि सी मलको चौथो तल्लामा मोबाईलका स्वोरुम तथा पसलहरु र पाचौ तल्लामा मोबाईल कम्पनीका सर्भिस सेन्टरहरु रहेका छन् । विश्वकै सबै प्रठिस्थित मोबाईल कम्पनीको सर्भिस तथा बिक्रि वितरणका साथसाथै मोबाईल सम्बन्धि सम्पूर्ण आवश्यक सामग्रीको लागि एकमात्र बैकल्पिक नमुना मोबाईल बजार, सि टि सी मोबाईल बजार रहने ब्यबस्थापनको दाबी छ ।

पछिल्लो समय सपिङ्ग मलहरुको संख्या बढ्दै गएकोमा यो मललाई मोबाइल बजारका रुपमा चिनाउन र सबै मोबाइल प्रयोगकर्ताको सहजताका लागि मोबाइल बजार सञ्चालनमा ल्याउन लागिएको हो । नेपालमा प्रविधिको विकाससँगै बढ्दो मोबाइलको प्रयोग गर्ने आम नेपालीको अधिकार सुरक्षित गर्दै छिटफुट रुपमा रहेका मोबाइल बजारको विकल्पको रुपमा सिटिसीमोबाइल बजार सञ्चालनमा ल्याइएको हो ।

मोबाईल बजारले नेपालमा सञ्चालित सबै कम्पनीले विक्री गर्ने मोबाइल सर्भिसका लागि विभिन्न तालिमहरु समेत दिने योजना रहेको छ । सिटिसी मलमा पर्याप्त आधुनिक लिफ्ट्स, स्केलेटरका साथसाथै ग्राहकको सहजताका लागि पर्याप्त सवारी साधन पार्किङस्थलको समेत व्यवस्था रहेको छ । काठमाडौँको प्रमूख ब्यापारिक केन्द्रकै रुपमा रहेको न्यूरोडकै छेउ सुनधारा क्षेत्रमा रहेकाले जुनसुकै स्थानका ग्राहकहरुलाई पनि सहज र पायक पर्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया