शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं  – काठमाडौंमा अागामी ८ गते फ्रान्सेली खाना महोत्सव हुँदैछ । नेपाललगायत विश्वका धेरै देशमा एकैपटक आयोजना हुने फ्रान्सेली खाना महोत्सवले नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले बताउनुभएको छ ।

तीन वर्षदेखि नेपालमा पनि आयोजना हुँदै आएको महोत्सव यसपटक होटल सोल्टी, होटल याक एन्ड यति, सिल्भर माउन्टेन र गेट कलेज तथा ला शेर्पाले नेपालमा नै उत्पादित सामग्रीबाट फ्रान्सेली खाना पस्कने जनाइएको छ ।

कार्मोनाले फ्रान्स र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको र नेपालको सामाजिक तथा आर्थिक विकासमा सक्दो सहयोग गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । महोत्सवबाट उठेको रकमको पाँच प्रतिशत मानवीय सेवामा क्रियाशील सामाजिक संस्थालाई प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया