Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार भएको केन्यासँगको खेलमा नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ । नेपालको दोस्रो विकेट गयो । सागर पुन आउट भएका छन् । यसअघि सुनिल धमला १ रन बनाएर आउट भए । ब्याटिङमा ज्ञानेन्द्र र दिपेन्द्र छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ५५ रन बनाएको हो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए ।

यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।  शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपाल सोमबार फेरि केन्यासँग खेलिरहेको हो । सोमबार मौसम सफा भएकाले ५० ओभरकै खेल हुनेछ ।

सोमबार पनि नियमित कप्तान पारस खड्का खेलको छैनन् । नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा छ । केही दिन अघि पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य अवस्था पूर्णतया फिट भइनसकेकाले केन्यासँगको पहिलो खेलमा पनि उनी खेलेका थिएनन् । शनिबारको खेल हारेपछि प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।

तपाईको प्रतिक्रिया