Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

नेपालगञ्ज – बाँकेमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा आज मनाङ मस्याङदी र रुपेन्देही ११ बीच प्रतिष्पर्धा हुने भएको छ ।

खेल स्थानीय महेन्द्र रंगशालामा दिउँसो ३ बजेवाट सुरु हुने नेपलगञ्जबाट खेल पत्रकार सुनिल रेग्मीले जानकारी दिनुभएको छ ।

यसअघि हिजो भएको खेलमा संकटाले सशस्त्र प्रहरीको एपीएफलाई २ – १ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ । सेमफाइनलका खेलहरु भोलीबाट सुरु हुनेछन् ।

अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा प्रथम हुने टिमलाई पाँच लाख र दोस्रो हुनेलाई दुई लाख ५१ हजार पुरस्कार उपलब्ध गराइने छ ।

तपाईको प्रतिक्रिया