Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेलमा केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालका ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

खेल समय पानीले गर्दा प्रभावित भएकाले खेल ३८ ओभरमा झारिएको छ । नेपाल र केन्याबिचका शनिबार त्रिवी क्रिकेट मैदानमा खेल भइरहेको हो । नेपालका नियमित कप्तान पारस खड्का अस्वस्थ रहेकाले ज्ञानेन्द्र मल्लले कप्तानी गरिरहेका छन् । शनिबारको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने भएका हुन् । खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया