शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ बढाएको छ ।

१३५० रुपैयाँ रहेको ग्यासको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २५ रुपैयाँ बढाएर १३७५ पुर्‍याएको निगमका प्रवक्ता एवं बिक्री वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिनुभयो ।

भारतीय आयल निगमले ग्यासको भाउ बढाएर पठाएपछि मूल्य बढेको हो । यसअघि प्रतिसिलिण्डर ३१३ रुपैयाँ ५१ पैसा घाटा रहेको थियो । भाउ बढेपछि पनि २८८ रुपैयाँ ५१ घाटा कायमै छ ।

अन्य इन्धनको मूल्य भने बढेको छैन ।

 

तपाईको प्रतिक्रिया