Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

नेपालगञ्ज – दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरुहुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत चार गतेसम्म चल्ने छ । स्थानीय महेन्द्र रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ए डिभिजनका क्लबसहित आठ टिमको सहभाजिगता रहने छ ।

मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दिल्ली युनाइटेड, रुपन्देही— ११, सुदूरपश्चिम— ११ र नेपालगन्ज—११ गरी आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।

आज हुने खेलमा दिल्ली युनाइटेड र सूदूरपश्चिम ११ बीच प्रतिष्पर्धा हुने भएको छ । खेल दिउसो २ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई पाँच लाख र दोस्रो हुनेलाई दुई लाख ५१ हजार पुरस्कार उपलब्ध गराइने सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, फारवर्ड, डिफेन्स र मैन अफ दि म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया