Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – स्पेनिस फुटबल क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट पुनरागमन गरेको छ ।

पहिलो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४–० ले पराजित भएको बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगको खेलमा नतिजा उल्टायो ।

आफ्नै मैदानमा भएको खेल ६–१ ले जित्दै बार्सिलोना समग्रमा ६–५ को परिणाम निकाल्दै क्वाटरफाइनलमा पुगेको हो । रातिको खेलमा बार्सिलोनालाई विजयी गराउन नेइमारले दुई गोल गर्दा लुईस सुवारेज, लियोनल मेस्सी र सर्जी रोबेर्टोले एक–एक गोल गरे ।

बार्सिलोनाका लागि अर्को एक गोल पिएसजीका कुर्जावाले आत्माघाती स्वरुप गरेका थिए । च्याम्पियन्स लिगअन्तर्गत राति भएको अर्को खेलमा पोर्चुगलको बेनीफिकालाई ४–० ले हराउँदै जर्मनीको बोरुसीया डर्टमण्ड पनि क्वाटरफाइनलमा पुगेको छ ।

खेलमा डर्टमण्डलाई विजयी गराउन पिएरे एमरीक औबामायङले ह्याट्रिक गर्दा क्रिश्चियन पुलिसिचले एक गोल गरे । पहिलो लेगको खेलमा १–० ले पराजित भएको डर्टमण्ड दोस्रो लेगमा हात पारेको फराकिलो जितसँगै समग्रमा ४–१ को परिणामसहित क्वाटरफाइनलमा पुगेको हो ।

तपाईको प्रतिक्रिया