Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

सुनसरी – प्रधानमन्त्री महिला क्रिकेट कप प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । इटहरीको डिभिएम स्कुलको खेल मैदानमा अहिले पूर्वाञ्चल र सुदूरपश्चिम अञ्चलबिच खेल हुने छ ।

यसैगरी दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ र मध्यपश्चिम अञ्चल खेल्नेछन् । हिजो सुरु प्रतियोगीताको उद्घाटन खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई हराएको थियो । यसैबीच इटहरी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

राष्ट्रिय जागृती क्लब इटहरीको आयोजनामा हुने प्रतियोगितामा एउटा भारतीय क्लब सहित सात नेपाली क्लबको सहभागिता छ । प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा आयोजक राष्ट्रिय जागृती क्लब इटहरी र सशस्त्र प्रहरी बल बराह बाहिनी पूर्वाञ्चल खेल्नेछन् ।

तपाईको प्रतिक्रिया