Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – कप्तान इयान मोर्गनको शतकीय योगदानको मद्धतमा वेष्ट इंडिजलाई ४५ रनले पराजित गर्दै इंग्ल्याण्डले ३ खेलको एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ ।

श्रृंखलाअन्तर्गत नर्थ साउण्डमा भएको पहिलो एक दिवसीय खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २९६ रन जोड्यो ।वेष्टइंडिजबिरुद्ध चुनौतीपूर्ण स्कोर खडा गर्ने क्रममा कप्तान इयान मोर्गनले १ सय ७ रनको योगदान गर्दा बेन स्टोक्सले ५५ तथा ओपनर साम बिलिङ्सले ५२ रन जोडे ।

खेलमा २९७ रनको लक्ष्य पछ्याउदै जबाफी ब्याटिङमा उत्रिएको वेष्ट इंडिज ४७ दशमलब २ ओभरमा २५१ रन बनाउदै अलआउट भयो । उसका लागि जासोन मोहम्मदले सर्वाधिक ७२ तथा जोनाथन कार्टरले ५२ रन जोडेपनि त्यसले टोलीको पराजय टार्न सकेन ।

वेष्टइंडिजलाई रोक्ने क्रममा इंगल्याण्डका लियाम प्लंकेट र क्रिश वक्सले उत्कृष्ट प्रदर्शन गर्दै ४–४ विकेट लिए ।

तपाईको प्रतिक्रिया