Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

बुटवल – बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबलको दोस्रो सेमिफाईनलमा आज अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुँदैछ । खेल एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे पछि सुरु हुनेछ ।

आयोजक क्लब रुपन्देहीले धरान फुटबल क्लब र आर्मीले अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै सेमिफाईनल भिडन्त पक्का गरेका हुन् । मोफसलका प्रतियोगितामा खासै गतिलो प्रर्दशन गर्न नसकेका दुवै टोली सहज जित निकाल्दै उपाधि यात्रा सहज बनाउने दाउमा छन ।

विजेता टोलीले उपाधिका लागि संकटा क्लबसंग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २– १ गोल अन्तरले पराजित गर्दै संकटा एक साता भित्रमा अर्को प्रतिष्ठित नकआउट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

संकटाले गत शनिबार बुढासुब्बा गोल्डकपको फाईनल खेलेको थियो । तीन विभागीय सहित १० टोली सहभागी प्रतियोगीताको विजेताले ५ लाख ५१ हजार रुपैया पुरस्कार हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया