Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

आजकल युवावर्गमा भ्यालेन्टाइन्स डे विशेष महत्वको हुन थालेको छ । यो दिन हरेक व्यक्ति केही फरक र विशेष देखिन चाहन्छन् । जो–कोही पनि आकर्षक, स्मार्ट लुक्स बनाएर आफ्नो प्रेमीलाई इम्प्रेस गर्न चाहन्छन् । भ्यालेन्टाइन्स डेमा पर्फेक्ट मेकअपमा आकर्षक लुक्स देखिएर आफ्नो आत्मविश्वास बढाउन सकिन्छ । भ्यालेन्टाइन्स डेमा गर्न सकिने मेकअपबारे ब्युटिसियन सबी श्रेष्ठका सुझाब यस्ता छन्ः

—सामान्य तथा आकर्षक अनुहार भएका युवती अधिकांश पुरुषले मन पराउँछन् । क्युट अनुहार देखिन चाहनेले फाउन्डेसनको प्रयोग गर्नु राम्रो हुन्छ । यो अनुहारमा सजिलै तरिकाले समावेश हुन्छ । गालालाई हलुका गुलाबी देखाउन हातले हल्का ब्लस लगाउनुपर्छ । आँखालाई क्लासिक लुक्स देखाउन कालो आइलाइनर प्रयोग गर्न सकिन्छ । मस्कारा लगाउन भने भुल्नु हुँदैन । चहकिलो गुलाबी रङको लिपस्टिकले थप आकर्षक देखाउँछ । यति मात्र मेकअप गर्दा पनि जो–कोही युवतीको भ्यालेन्टाइन मेकअप पूर्ण हुन्छ ।

—यदि तपाईं बोल्ड लुक्स देखिन चाहनुहुन्छ भने अनुहारमा मिल्ने फाउन्डेसन लगाउनुपर्छ । फाउन्डेसन वाटरप्रुफ भए झन् उत्तम हुन्छ । जसले गर्दा दिनभर नै मेकअप बहने तथा बिग्रने सम्भावना हुँदैन । यसका साथै वाटरप्रुफ मस्कारा तथा आइलाइनर पनि उपयोग गर्न सकिन्छ । ओठमा पनि हलुका गुलाबी लिपस्टिक लगाउनुपर्छ । नत्र, ओठलाई केही चम्किलो मात्र देखाउने लिप ग्लस पनि लगाउँदा राम्रो हुन्छ ।

—फ्लर्टी फन लुक्स अहिले निकै प्रचलनमा छ । त्यसैले आँखाको विशेष मेकअप गर्ने तथा मस्कारा सही तरिकाले माथिल्लो परेलाको तल र माथि दुवैतर्फ लगाएर यस्तो लुक्स देखिन्छ ।

—कालो रङको आइलाइनर प्रयोग गर्ने । आँखाको कुनाबाट आइलाइनरको पखेटाजस्तो निकाल्ने । यसले अनुहारमा फरक आकर्षक लुक्स दिन्छ । क्रिम फाउन्डेसनलाई अनुहारमा एकै तरिकाले लगाएर रातो रङको लिपस्टिक लगाउने । यस्तो लुक्समा प्रेमीको नजर तपाईंको मुहारबाट अन्त जाने सम्भावना कम हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया