Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – पोलियोको जोखिम कम गर्न सरकारले १५ जिल्लामा ‘पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, सप्तरी, सिराहा, बाँके, बर्दिया, कैलाली, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु जिल्लामा आउँदो फागुन ७ र ८ गते पोलियो खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

पहिलो दिन पाँच वर्ष मुनिका बालबालिकालाई खोप केन्द्रमै लगेर पोलियो थोपा खुवाउनु पर्नेछ भने दोस्रो दिन सरकारले घर–घरमै गएर खोप खुवाउने कार्यक्रम निर्धारण गरिएको छ । पाँच वर्ष मुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई लक्षित गरी पोलियो कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

नेपालमा सन् २०१० देखि पोलियो उन्मुलन भएको बताएपनि सार्क क्षेत्रहरुमध्य अफगानिस्तान र पाकिस्तानमा यसको जोखिम अझै धेरै देखिएको छ । ती ठाउँहरुमा नेपालीको आउ–जाउ बाक्लो हुने भएकाले यो अभियान सञ्चालन गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त भ्याक्सिन युनिसेफद्वारा प्राप्त हुनेछ । कार्यक्रम विश्व स्वास्थ्य संगठनको सहयोगमा एक करोड ५० लाख तथा सरकार तथा दातृ निकायको संयुक्त कोषको एक करोड १० लाख रुपैयाँबाट सञ्चालित हुनेछ । विश्वमा हाल १९४ देश मध्य ५० देशले पोलियो थोपा खुवाउँदै आएका छन् । त्यसमध्ये नेपाल कम जोखिमयुक्त देश भएका कारण नेपालमा वर्षमा एकपटक पोलियो खोप कार्यक्रम आयोजना हुँदै आएको छ ।

नेपालमा अन्तिम पटक सन् २०१० मा रौतहटका एक वर्षीय बालकमा पोलियोको समस्या देखिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया