Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौ – देशभरका सवै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा संचालन गर्न आवश्यक सवै व्यवस्था गरिएको छ ।

अहिले सम्मपनि विषेशज्ञ चिकित्सक नभएका र आकस्मीक शल्यक्रिया सेवा नभएका ३० ओटा जिल्ला अस्पतालहरुमा यी सेवाहरु सुरु गर्ने निर्णय मन्त्रालयले बुधबार गरेको हो ।

आउदो फागुन एक देखि १३ ओटा जिल्ला अस्पतालहरुमा सुरु हुने र बाँकी जिल्ला अस्पतालहरुमा केही हप्तापछि सुरुवात गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक गते देखि सेवा सुरु हुने अस्पतालहरुमा सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपूर, धनकुटा, बाग्लुङको बुर्तिवाङमा रहेका छन् ।

स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरिय निर्णय गरेर त्यसका लागि आवश्यक व्यवस्था मिलाउनु भएको हो ।

मन्त्रालयको निर्णय अनुसार, अवदेखि ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाईने मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो । अस्पतालहरुका लागि आवश्यक उपकरण र वित्तिय श्रोत मन्त्रालयले नै व्यवस्था गरिदिने उहाँले बताउनु भयो ।

सेवालाई प्रभावकारी बनाउन तथा श्रोत साधनको व्यवस्थापनका लागि सर्वपक्षीय एक संयन्त्र समेत गठन गरिने भएको छ । मन्त्रालयको यो निर्णयसँगै चाडै नै देशभरका सवै जिल्ला अस्पतालहरुमा चौविसै घण्टा बर्षभरी विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा संचालन हुने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया