Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

सोलुखुम्बु – यहाँको अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य टाउको दुख्दा, प्रयोग गरिने सिटामोल नपाएर बाहिर मेडिकलमा किन्नुपरेको सेवा ग्राहीको गुनासो छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घन्टौँ लगाएर उपचार गर्न स्वास्थ्य चौकीमा पुगे पनि रित्तो हात फर्कनुपरेको इलाका स्वास्थ्य चौकी नेलेमा ज्वरोले ग्रस्त भएपछि चेकजाँच गराई फर्कनुभएका स्थानीय श्याम विश्वकर्माले बताउनुभयोे ।

यतिबेला जिल्लाको अधिकांश स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा सेवाग्राही चरम मारमा परेको गुनासा आइरहेका छन् । सम्बन्धित निकायले समयमा ध्यान नदिँदा आफूहरुले निःशुल्क पाउने औषधि पनि मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको मुक्लिका मिलन कार्कीले बताउनुभयो ।

जिल्लाको ३४ स्वास्थ्य केन्द्रमध्ये अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य औषधि सिटामोल, एमोक्सिल्न, परिवार नियोजनका साधनलगायतको औषधि अभाव भएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।

देउसा स्वास्थ्य चौकी देउसाकी मासिका रामकुमारी राईका अनुसार एक महिनादेखि स्वास्थ्य चौकीबाट निःशुल्क वितरण गरिने ३४ प्रकारको औषधिमध्ये २२ प्रकारका औषधि सकिएको हो । दुई पटकसम्म जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग गरिएको भए पनि सामान्य औषधि सिटामोल, भिटामिन, परिवार नियोजनका साधनलगायतको औषधि उपलब्ध नहुँदा उपचार गर्न समस्या भएको मासिका राईले बताउनुभयो ।

इलाका स्वास्थ्य चौकी नेलेमा पनि सामान्य औषधि अभाव भएको करिब २० दिनुभयो, औषधि माग गरियो तर पूर्ति हुन सकेन जसकारणले गर्दा सेवाग्राहीको गाली सहनुपरेको स्वास्थ्य सहायक नमुना पुनले गुनासोे गर्नुभयो । निःशुल्क पाउने औषधि छैन, बिरामी आउँछन् चेकजाँचपछि मेडिकल जानुहोस् भन्छौँ, अनि बिरामी भन्छन् ।

औषधि माग गरिएको भए पनि जिल्लाबाट पूर्ति नहुँदा स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको स्वास्थ्यकर्मीको भनाइ छ । यता जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी पवन लामाका अनुसार बजेट अभावका कारण समयमा नै औषधि पूर्ति हुन सकेन ।

आव २०७३÷७४ मा स्वास्थ्य मन्त्रालयबाट प्राप्त ३० लाख मुल्यबराबरको औषधि टेन्डर प्रक्रियाबाट खरिद गरी वितरण गरिएको भए पनि करिब २० दिनयता जिल्लामा नै औषधि अभाव भएको हुँदा स्वास्थ्य केन्द्रमा औषधि पठाउन नसकेको सूचना अधिकारी लामाले बताउनुभयो ।

औषधि अभाव सुरु भएसँगै १५ दिन अगाडि नै क्षेत्रिय मेडिकल स्टोर विराटनगरमा आवश्यकताअनुसार औषधि माग गरिएको भए पनि ढुवानीका कारण औषधि ल्याउन ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सिटामोल, मेट्रोनटाजोल, एमोक्सिलन, परिवार नियोजनका साधन माग गरिएको र हप्ता दिनभित्र औषधि प्रत्येक स्वास्थ्य केन्द्रमा पुगिसक्ने र उपचार सेवामा सहजता आउने पनि सूचना अधिकारी पवन लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया