शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

टोकियो – जापानमा रहि विभिन्न क्षेत्रमा आफूलाई समर्पित गरि नेपाली तथा जापानिज समाजको उत्थानको लागि काम गर्दै आउनु भएका व्यक्तिहरुद्वारा जापानमामा बिपी चिन्तन तथा गणेशमान फाउण्डेसन स्थापना गरिएको छ ।
नेपाली तथा जापानिज समाजको चौतर्फी क्षेत्रमा योगदान गर्नु हुने नेपाली तथा जापानिज नागरिकहरुको बृहत भेलाले बलराम श्रेष्ठको अध्यक्षता मा ३७ सदस्यीय केन्द्रिय कमिटी गठन गरेको छ । जस्मा बरिष्ठ उपाध्यक्ष राजन प्रधानाङ्ग, उपाध्यक्षद्वय आकेमी मिजुबा र नारायण सुबेदी, सचिब इमुरा हिरोको, सहसचिब डा. मनोहर लाल श्रेष्ठ र कोषाध्यक्ष सुजन जोशी रहनु भएको छ । त्यस्तै, सदस्यहरुमा डा .सन्दिप शाक्य, डा .सन्तोष श्रेष्ठ, योसिफुमी नीन्, बिनोद शेरचन, इन्दिरा सुजुकी, आकेमी उचिदा, लक्ष्मन श्रेष्ठ, कृष्ण भण्डारी, केदार श्रेष्ठ, रुमी शाक्य, इशोर जोशी, बिष्णु पाण्डे, अमर केसी, उतम प्रधान, गंगा शाही, यम कुमार बुढाथोक, हंसराज राउत, सम्भु श्रेष्ठ, ऋद्धिबहादुर तुम्बाहाम्फे, मिना श्रेष्ठ, बिनी तामांग, बिनोद भट्टराई, गीता प्रधान, रोशन केसी, पदम प. चापागाई, बिष्णु अर्याल, रामकृष्ण बम मल्ल, नबराज थापा, रेसम डंगोल, आनन्द बहादुर क्षेत्री र भेष नारायण श्रेष्ठ रहनु भएको छ ।
फाउन्डेशनमा समाजसेवी, ब्यापारी, कानुन ब्यवसायी, विद्यावारिधि गर्नु हुने बौद्धिक बर्ग, मेडिकल डाक्टर, इन्जिनियर, मानवअधिकारबादी, बिधार्थीहरुको बाहुल्यता रहेको छ । संस्थाले नेपाली र जापानिज समाजमा शान्ति, सुसस्कृत, संस्कारमय, नैतिकवान, आत्मविस्वासी र सबल बन्न सबैलाई उत्प्रेरित गर्ने बताइएको छ । हाल बिश्वमा भइरहेको अधिकतम विकासको मूलभुत जानकारीहरुको अध्यन, अध्यापन, सोध, सेमीनार, पाठ्यक्रम तयार गरि बिश्व समाजलाई मानव कल्याणकारीको पथ तिर अग्रसर गर्ने कार्यहरु संस्थाले गर्ने अध्यक्ष बलराम श्रेष्ठको भनाइ छ ।
भेलाले संस्थाको उद्देश्य बमोजिम कार्य सम्पादन गर्नको लागि निम्न बमोजिम कार्य सम्पादन समिति गठन समेत गरिएको छ । अध्यक्ष बलराम श्रेष्ठको संयोजकमा गठन गरिएको समितिको सदस्यहरुमा राजन प्रधानाङ्ग, आकेमी मिजुबा, नारायण सुबेदी, डा. मनोहर लाल श्रेष्ठ, इमुरा हिरोको, सुजन जोशी, भेष नारायण श्रेष्ठ, इन्दिरा सुजुकी, डा. सन्दिप शाक्य र बिनोद शेरचन रहनु भएको छ ।

तपाईको प्रतिक्रिया