Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो-सिएस कर्पोरेशन जापानको अायोजनामा रोजगार सम्बन्धी सेमिनार सम्पन्न भयो । जापानमा शैक्षिक योग्यता भएर पनि जागीर पाउन नसकेका विद्यार्थीहरूलाई लक्षित गरी सेमिनार अायोजना गरिएको थियो ।

नेपालबाट स्नातकतहको पढाइ पूरा गरी जापानको भाषा विद्यालयको पढाई सकेका तथा भोकेसनल स्कुलको पढाई सकेका विद्यार्थीहरूका लागि सजिलै जागीर पाउन भन्ने उद्देश्यले सेमिनारको अायोजना गरिएको सेमिनारका संयोजक सिजन तामाङले बताउनुभयो । सेमिनारमा जापानी शिक्षाकहरू तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूले कामको खोजी कसरी गर्ने, कस्तो कम्पनीमा काम खोज्ने, जापानी कम्पनीहरूको नियम जस्ता विषयमा जानकारी दिइएको थियो । सेमिनारमा नेपाली, श्रीलंकन, वंगाली र इण्डियन विद्यार्थीहरूको सहभागिता रहेको थियो । टोकियोको उएनोमा दिउँसो २ बजेदेखि ५ बजेसम्म सेमिनारको अायोजना गरिएको थियो ।***

तपाईको प्रतिक्रिया