Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – सरकारले देशैभरि मुटुको बाथ रोगको निःशुल्क उपचार गर्नेभएको छ । गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको २१ औँ स्थापना दिवसको अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले मुटु रोगको उपचार सम्भव भएका देशभरिका सबै अस्पताल र स्वास्थ्य संस्थामा मुटुको बाथ रोगको निःशुल्क उपचार गरिने घोषणा गर्नुभएको हो।

घोषणा फागुन १ गतेदेखि लागू हुनेछ । कार्यक्रममा मन्त्री थापाले यो रोगले खासगरि युवालाई बढी सताउने भएकाले पनि सरकारले बढी प्राथमिकतामा राखेर निःशुल्क उपचार गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले गंगालाल अस्पताल परिसरमा बन्ने वहिरंग तथा आकस्मिक सेवा भवनको शिलान्यास पनि गर्नुभएको छ ।

भवन ४८ करोड लागतमा तीन वर्षभित्र बनाइसक्ने अस्पतालले जनाएको छ । स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले गंगालाल नेपालकै नमूना सरकारी स्वास्थ्य संस्था भएको उल्लेख गर्दै सवै सरकारी अस्तपताललाई गंगालाल जस्तै बनाउन सकिने र त्यसका लागि सबैभन्दा बढी भूमिका स्वास्थ्यकर्मीकै हुने बताउनुभयो ।

नागरिकले सरकारसँग स्वास्थ्य सेवा सुधारको आशा गरेको भन्दै त्यसलाई ब्यवहारमा उतार्न स्वास्थ्यकर्मी लाग्नुपर्ने र साँच्चै स्वास्थ्यकर्मीले चाहने हो भने सबै स्वास्थ्य संस्थालाई गंगालाल जत्तिकै बनाउन सकिने उहाँको भनाई थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया