Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

पोखरा – पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको उपाधिका लागि आज आयोजक सहारा क्लब र साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । उपाधिका लागि सहारा र मनाङ दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यो संस्करणसहित ९ पटक फाइनलमा पुगेको मनाङ्गले अहिलेसम्म चार पटक उपाधि जितेको छ भने सहारा क्लब यो पटकसहित तीन पटक फाइलन पुगेको छ सहाराले एक पटक मात्र उपाधी जितेको छ । सहारा पहिलो चरणमा सुदूरपश्चिम, क्वाटरफाइनलमा युनाइटेड सिक्किम भारत र सेमिफाइनलमा आर्मीलाई हराउँदै उपाधि नजिक पुगेको हो । मनाङ क्वाटरफाइनलमा धरान फुटबल क्लब र सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै उपाधि होडमा आएको हो । 

फाइनल खेल पोखरा रंगशालामा शनिबार दिउँसो हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एउटा स्कुटर प्रदान गरिनेछ ।

त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया