Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – संवैधानिक परिषदले तीन दलको भागवण्डामा निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस गरेको छ । इश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको हो ।

पौडेल र दाहाल पूर्व सचिव हुनुहुन्छ भने शाह पूर्व सहसचिव हुनुहुन्छ । अयोधीप्रसाद यादवले प्रमुख निर्वाचन आयुक्त र इला शर्माले आयुक्तको रुपमा काम गर्दै आउनु भएको छ । सिफारिसमा परेकाहरुको नियुक्ती पछि निर्वाचन आयोगले पूर्णता पाउने छ ।

सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाई पछि मात्र नियुक्ती हुने छ । नियुक्त भएकाहरु तीन दलको कोटामा परेका हुन् । पूर्व रक्षा सचिव ईश्वरीप्रसाद पौडेल कांग्रेसको कोटामा परेका हुन् । नरेन्द्र दाहाल एमालेको कोटामा परेका हुन् भने शाह माओवादी कोटाका हुन् ।

तपाईको प्रतिक्रिया