Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा गरेका ४५ भाषणहरूको संगालो ’म प्रधानमन्त्री हुँदा’ शुक्रबार विमोचन भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयले प्रकाशन गरेको किताबको विमोचन कार्यक्रम प्रेस चौतारी नेपालले गरेको हो । 

पुस्तक विमोचनपछि बोल्दै पूर्वप्रधानमन्त्री ओलीले आफूलाई उखान टुक्के भन्नेहरूले यो पुस्तक पढ्नुपर्ने बताउनुभयो । उखानटुक्के भन्नेले यो पुस्तक पढेमा धेरै ज्ञान मिल्ने ओलीको दाबी छ । नयाँ बानेश्वरमा आयोजित विमोचन कार्यक्रममा एमाले नेता रघुवीर महासेठ, माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ’आहुती’, पत्रकारहरू विजयकुमार र कृष्ण मुरारी ढुंगेल, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतम र मानवअधिकारकर्मी चरण प्रसाईं लगायतले पुस्तकबारे आफ्नो धारणा राखेका थिए ।

आफ्नो प्रधानमन्त्रीकालमा आफू राष्ट्रिय एकता, भौगोलिक अखण्डता र समृद्धीको पक्षमा उभिएको र प्रशस्तै काम गरेको दाबी पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया