Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं– नेपाली देशभक्त युवा समाजले झण्डै आठ किलोको नेपालको झण्डा सार्वजनिक गरेको छ । समाजका अनुसार यो अहिलेसम्मकै ठूलो नेपालको झण्डा हो ।

रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटिमण्डपमा शुक्रबार झण्डा सार्वजनिक गरिएको हो । समाजका अध्यक्ष नारायण प्रसाद ढुङ्गाना, रिपोर्टर्स क्लबका सभापति ऋषि धमला, समाजका उपाध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु नवराज गौतम, राधिका सापकोटा लगायतले १० मिटर लामो र साढे ७ मिटर चौडाई भएको नेपालको राष्ट्रिय झण्डा सार्वजनिक गरेका हुन् ।

झण्डामा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडा प्रयोग भएको छ । अध्यक्ष ढुँगानाका अनुसार झण्डा आउँदो १६ गते सहिद दिवसको अवसमा काठमाडौंको माइतिघर मण्डलमा फहराइने छ ।

अध्यक्ष ढुङ्गनाले सहिदहरूलाई सम्झनाका लागि सहिदगेट पुग्नैपर्छ भन्ने भावना हटाएर सहिदलाई मनदेखि सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘देश बनाउनको लागि शहिदहरुको अमूल्य योगदान रहेको छ, सरकारले सहिद घोषणा गर्ने काममा ध्यान दिएको छैन्, राजनीतिक दलबलको आधारमा सहिद घोषणा गर्दा वास्तविक सहिदहरूको अपमान हुन्छ, त्यसैले यसबारेमा राज्यले विचार गरोस् ।’

नेकपा एमालेका अध्यक्ष एव्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्य तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेको विशिष्ट आथित्यमा माइतिघर मण्डलामा झण्डा गाडिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया