Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – व्यवस्थापिका संसदमा शुक्रबार निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पेश भएको छ ।

राज्य व्यवस्था समितिले विधेयकलाई बिहीबार अन्तिम रुप दिएपछि संसदमा शुक्रबार पेश गरिएको हो । विधेयकमा निर्वाचनसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ ।

संसद बैठक १७ गतेसम्म स्थगित भएकाले निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक १७ गते नै पारित गर्ने तयारी छ । राजनीतिक दल र स्थानीय तहको चुनावसम्बन्धी विधेयकका केही महत्वपूर्ण विषयमा भने दलहरुबीच सहमति जुट्न बाँकी रहेकाले ती विधेयक भने शुक्रबार पेश हुन सकेनन् । यी दुई विधेयक पनि १७ गते नै संसदमा पेश गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया