Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

चितवन – नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २०औँ राष्ट्रिय परिषद् बैठक तथा प्रथम विधान अधिवेशन भोलिदेखि यहाँ सुरु हुँदैछ ।
अधिवेशनमा देशभरका ४४७ शिक्षकको सहभागिता रहने सङ्गठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।

राज्य पुनःसंरचना आयोगले राज्य पुनःसंरचना गरेअनुसार सङ्गठनको संरचनालाई अघि बढाउने उद्देश्यले विधान अधिवेशन गर्न लागिएको उहाँले बताउनुभयो ।

अधिवेशनले शैक्षिक प्रक्रियालाई व्यवस्थित गर्दै अघि बढाउन सहज हुने थापाले बताउनुभयो । अधिवेशन दुई दिनसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया