Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं, माघ १४ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठक प्रशासनिक र पूर्वाधार निर्माण सम्बन्धी केही निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा डा. महेन्द्र सिंहलाई नियुक्त गरेको छ । त्यस्तै एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्रीपरिषद बैठकले आउँदो वर्ष हुने बिमस्टेकको बैठक र आतिथ्यताको प्रबन्ध नेपालले गर्ने निर्णय गरेको छ ।

त्यस्तै मुस्ताङको लोमान्थाङ आसपासको क्षेत्रमा नापी गर्न बाँकी रहेको जमिनलाई छिटै नापी गर्ने, नवलपरासीको बेलाहानीलगायतका क्षेत्रका बासिन्दाहरुको जग्गादर्ता गर्नका लागि एक समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले नेपाल सरकारका शाखाअधिकृतहरुको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ ।

बिहीबारको बैठकले प्रकाश माथेमालाई नेपाल सरकारको सचिव पदमा बढुवा गरेको छ । त्यसैगरी डा. गोविन्द केसीसँग भएका सहमतिहरुको कार्यान्वयनका लागि गौरीबहादुर कार्कीको संयोजकत्वमा डा. श्रीकृष्ण गिरी, उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य रहेको एक समिति गठन गरेको छ ।

सडक तथा विकास पूर्वाधारको तिब्रताका लागि विभिन्न स्थानमा योजना कार्यालयहरु स्थापना गर्ने निर्णय लिएको सूचनातथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवेदन राजनीतिकतहमा छलफल गरेर मन्त्रीपरिषदमा पेश गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया