Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

रोल्पा – छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले पूर्पक्षका लागि थुनामा राखेको छ ।

पक्राउ पर्नेमा राङ्सी– ६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगर रहेका छन् । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा जिल्ला अदालत रोल्पाले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशानुसार प्रहरीले उनलाई बिहिवार थुनामा राखेको हो ।

पीडित बालिकाकी आमाका अनुसार विद्यालय गएकी छोरीलाई बाल शिक्षाको कक्षामै गत पुस २० गते घर्तीमगरले जबर्जस्ती करणी गर्न खोजेपछि बालिका रुदै कराउँदै घर आएकी थिइन् ।

घटना घटेको चार दिनपछि पीडितकी आमाले इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी निवेदन दिएकी थिइन् । जाहेरी दिएलगत्तै प्रहरीले घर्तीमगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको थियो ।

थप अनुसन्धानका लागि जिल्ला अदालत रोल्पाले अभियुक्तलाई थुनामा राख्न आदेश दिएको छ ।

विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रुपमा विद्यालय पठाएको र भाइले नै विद्यालय बिदा भइसकेपछि बालिकालाई ललाइफकाइ जबर्जस्ती करणीको प्रयास गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया