Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – प्रतिष्ठित टेलिभिजन च्यानल नेशनल जियोग्राफिकले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिहरुको उपाधि नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राईले जित्नुभएको छ ।

विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्नेहरुको सूचीबाट मिरा अनलाईन भोटिङका आधारमा ‘एड्भन्चर अफ दी इयर २०१७’ को शिर्ष स्थानमा परेको नेशनल जियोग्राफिकले उल्लेख गरेको छ ।

जियोग्राफिकले उहाँ ‘वर्षकै साहसी व्यक्ति’ भएको जनाएको छ । ‘मिरा राई कुनै समय चामलको बोरा बोकेर नेपालको पहाडतिर हिँडिरहकी हुनुहुन्थ्यो’ नेशनल जियोग्राफिकले भनेको छ ‘तर उहाँ एकपछि अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्दै विश्वभरका महिलाका लागि आज प्रेरणाको स्रोत बन्नुभएको छ  ।’

बाह्र वर्षदेखि दिँइदै आएको यो अवार्डमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्नेको नाम छनौट भएकोमा मिराले सबैभन्दा बढी भोट ल्याएर विजयी भएको जियोग्राफिकले जनाएको छ ।

भोजपुरमा जन्मिएर १४ वर्षकी हुँदै माओवादी लडाकु बन्नुभएकी मिरा सेना समायोजनका बेला अयोग्य घोषित भएपछि अल्ट्राधाविका बन्नुभएको हो ।

यसअघि उहाँले गएको वर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व मोन्ट ब्लंक म्याराथनमा मिरा पहिलो भइन् भने गएको वर्ष हङकङ भएको आइल्याण्ड ट्रेल रेस पनि मिराले जित्नुभएको थियो ।

सन् २०१३ मा ५० किलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लिएको नेशनल जियोग्राफिकले उल्लेख गरेको छ । १२ वर्षको उमेरमा विद्यालय छाडेकी मिराको यो साहस असाधारण भएको भन्दै नेशनल जियोग्राफिकले भिडियो सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया