Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं– अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदैछ । प्रहरी र सरकारी वकिलबिच समन्वय र सहकार्य बढाउन भएकाले सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता कार्यालयले जानकारी दिएको छ ।

सम्मेलनमा फौजदारी मुद्धाका अनुसन्धानका क्रममा प्रहरी र वकिलबिच हुने असमझदारी, अन्योल, समस्या र अप्ठेरालाई कम गर्ने विषयमा छलफल हुने महान्यायाधीवक्ता कार्यालयका अधिकृत निराजन पाण्डेले जानकारी दिनुभयो ।

यस्तै अपराधमा आएको नयाँ रुप, संगठित अपराध, उच्च प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रियकरण जस्ता प्रवृत्ति र यसबाट आउने समस्याको निराकरणका लागि सम्मेलनमा कार्यपत्र प्रस्तुतीकरण, तथा त्यसमाथि टिप्पणी र छलफल हुनेछ ।

आइतबार सकिने सम्मेलनले पारित गर्ने प्रस्ताव तथा अवधारणाले भावि अनुसन्धानलाई दिशाबोध गर्ने महान्यायाधिवक्ता रमनकुमार शिवाकोटीले जानकारी दिनुभयो ।सम्मेलनमा ५ सय ३५ जना सहभागी हुनेछन् । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया