Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

प्युठान– प्युठानमा एक्साभेटर पल्टिएर किच्दा ३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाईते भएका छन् ।

प्युठानको दाङ्गवाङ्ग ६ कोलवोटमा अर्घाखाँची जोड्ने सडकको मर्मत गरिरहेको एक्साभेटर डाँडा चढ्ने क्रममा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोहि स्थानका २० वर्षिय शेषकान्त आचार्य, १२ वर्षका गेहेन्द्रबहादुर गाह र १७ वर्षका एक्साभेटरका सहयोगी दिपक गाहको मृत्यु भएको हो ।

ना १ क ३३१९ नम्बरको एक्साभेटर पल्टिएर घाईते भएका ६ जनाको भैरहवामा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया